पार्टी सदस्यता नविकरण पहिल्यै भइसकेको हो, राष्ट्रिय राजनीतिबारे छलफल भयोः विद्या भण्डारी


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै छलफल भएको बताएका छन् ।

आइतवार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको सदस्यता नविकरण पहिलै भइसकेको पनि बताएका हुन् ।

नेकपा एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरूले पार्टीमा सक्रिय रुपमा फर्किएको घोषणा गरेकी भण्डारीबारे के गर्ने भन्नेबारेमा पार्टी अध्यक्षले छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । नेताहरूको सुझावपछि आइतबार दुई नेताबिच भेट भएको हो । 

पछिल्लो समय भण्डारीलाई एमालेमा सक्रिय रूपमा ल्याउनुपर्ने भन्दै पार्टीका नेताहरूले नै आवाज उठाइरहेका छन् । ओली पक्षधर नेताहरूले भने गौरवमय स्थानमा पुगिसकेको व्यक्तिलाई पार्टीमा सक्रिय भुमिकामा ल्याउन नसकिने बताइरहेका छन् ।