काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली काँग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता हुन् । अहिले मुख्यमन्त्री रहेका लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
प्रस्तावमा २१ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रश्तावको नेतृत्वकर्ता भने काँग्रेस सांसद इन्द्र बानियाँ रहेका छन् । यद्यपि मुख्मन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् ।
यता, नेकपा एमालेका वागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले काँग्रेसका सांसदहरुबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएको र यसबारे काँग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए।
उनले भने, ‘वागमती प्रदेशको मुख्यमन्त्रीज्युको विषयमा नेपाली काँग्रेसका सांसदहरुबाटै अविश्वासको प्रश्ताव दर्ता भएको कुरा छ । यो उहाँहरुको नितान्त पार्टी भित्रको समस्या भएकाले पार्टीको चासो हो । हामीले त्यति ध्यान दिएका छैनौँ । अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरुको विषय हो । जे गर्ने हो छिटो टुंग्याउनुस् भन्ने हो ।
उनले यो काँग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने र हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारे । प्रदेश सरकारमाथि प्रश्न उठिरहेको बेलामा प्रदेश सरकारलाई अझ अस्थिर बनाउनु नहुने एमालेको सुझाव रहेको बताए ।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२÷८३ का लागि ल्याएको बजेटमा काँग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा काँग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्