सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखियोः महालेखापरीक्षक राया


काठमाडाैँ । महालेखा परीक्षक तोयम रायाले मन्त्रालयका सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखिएको बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सचिवहरुले त्यत्तिकै लेखियो, छलफल नै भएन, प्रक्रिया मिलाउनै गाह्रो भयो जस्ता गुनासो गर्नुभएको भन्दै यसबारेमा सचिवहरुलाई सिकाउन जरुरी देखिएको बताएका हुन् ।

आफैँ प्रक्रिया बनाउने र आफैँ प्रक्रिया मिलाउनै गाह्रो भयो भन्न नमिल्ने उनको भनाइ छ । सूचनामा नै करको प्रतिशत नै तोकेर लेख्नु भन्दा प्रचलित कानून बमोजिम कर लाग्ने भन्ने भाषा प्रयोग गर्न सचिवहरुसँग आग्रह गरे ।

महालेखा परीक्षक रायाले ०७२ साल अघिका बेरुजु खारेज गर्नु उचित हुने बताए ।