काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ ।
२०८२ माघ मसान्तसम्म पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २६ अर्बभन्दा बढी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशनअनुसार कम्पनीले हकप्रद निष्काशनको प्रस्ताव अगाडि बढाएको हो ।
कम्पनीले साउन १४ गते कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सिडिएससीलाई पत्र लेखेर पुँजी वृद्धिको योजना अघि बढेको जानकारी गराएको छ ।
कम्पनीले एक कित्ताबराबर एक कित्ता नै सेयर दिने गरी हकप्रद निकाल्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।
कम्पनीमा नेपाल सरकारको ४४.०३९१ प्रतिशत लगानी छ । हाल कम्पनीको १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
अब नेपाल सरकारले नेपाल रिमा ५ अर्ब ९० करोड ५७ लाख ६२ हजार ३ सय २४ रुपैयाँ लगानी थप्नेछ ।
प्रतिक्रिया दिनुहोस्