काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ हजार ४०० रुपैयाँले बढेर एक लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्