नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विरुद्ध भ्यालुयर्स एसोसियसनकाे आन्दोलनमा १४ संस्थाको समर्थन


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) विरुद्ध नेपाल भ्यालुयर्स एसोसियसन (एनभिए)ले गरेको आन्दोलनमा विभिन्न १४ ओटा संस्थाहरूले समर्थन गरेका छन् ।

एनआइएमबी बैंकले भ्यालुयर्सहरूलाई धेरै दुख दिएको भन्दै भ्यालुयर्स एसोसियसन आन्दोलनमा छन् ।

सोमबार नेपाल बैंकर्स संघ र नेपाल राष्ट्र बैंकलाई पत्र बुझाउने तयारी रहेको नेपाल भ्यालुयर्स एसोसियसनका सचिव ई रविन्द्र अधिकारीले बताए । राष्ट्र बैंकले ल्याएको मस्यौदा कार्यान्वयन गराउनको लागि पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।

उनका अनुसार यहि साउन २३ गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रदेश कार्यालय र भ्यालुयर्स एसोसियसनकाे शाखा भएको ठाउँहरूमा बैंकको शाखा भएकोमा धर्ना दिने तयारी छ ।

आन्दोलनलाई समर्थन गर्दै १४ ओटा संस्थाहरुले समर्थन गरेका छन् । आन्दोनलाई समर्थन गर्ने संस्थाहरूमा नेपाल इन्जिनियर्स एसोसियसन, सोसाइटी अफ कन्सल्टिङ आर्चिटेक्टियल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी आफ नेप्लिज आर्चिटेक्टस्, सोसाइटी अफ मेकानिकल इन्जिनियर्स नेपाल छन् ।

यस्तै नेपाल जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटी, रिजनल एण्ड उर्वान प्लानर्स सोसाइटी अफ नेपाल, स्ट्रक्चरल इन्जिनियर्स एसोसियसन नेपाल, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले पनि भ्यालुयर्सकाे आन्दाेलनलाई समर्थन गरेका छन्।

डेमाक्रयाटिक इन्जिनियर्स अलायन्स, इन्जिनियर्स जनमत संघ, समाजवादी इन्जिनियरिङ्ग एसोसियसन नेपाल, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसन नेपाल, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले पनि भ्यालुयर्स एसोसियसनले नेपाल मेगा इन्भेष्टमेन्ट बैंक विरूद्ध गरेको आन्दोलनमा समर्थन जनाएका छन् ।