आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आजको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा छ ।

यस्तै युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा तय गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६४ रुपैयाँ ५८ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।