काठमाडाैँ । नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइएको बताएका छन् ।
भूमिसम्बन्धी विधेयकमा सोमवार भएको छलफलमा उनले निकुञ्जका नाममा सरकारले नै जनतालाई भूमीहिन बनाएको बताएका हुन्।
त्यहाँका जनताले भोगचलन गरिरहेको नम्बरी जग्गाबाट उठाएर अहिले अव्यवस्थित टहरोमा राखिएको बताए। निकुञ्जले त्यहाँका जनतालार्ई पानी बिजुलीको सेवा समेत उपलब्ध नगराएको बताउँदै घर टहरा चुहिने अवस्थामा पुग्दा समेत नहेरेको आरोप लगाए । पीडितहरूको पक्षमा भूमी विधेयक बनाएर उनीहरूलाई राम्रो ठाउँमा स्थानान्तरण गर्न समेत उनले माग गरे ।
“शुक्लाफाट र कोशी टप्पुका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइयो । निकुञ्जले कुनै सुविद्या दिएन । उनीहरुले बनाएको घरटहरा कुहिने अवस्था छ । सरकारले नैजनतालाई नम्बरी जग्गाबाट उठायो । पिडितहरुको पक्षमा विद्येयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गरियोस्,” उनले भने ।
उनले हाल सरकारले बनाएको भूमि आयोगले काम गर्न नसक्ने पनि बताए । भूमि आयोगलाई काम गर्न नदिएर हातखुट्टा बाँधेर राख्ने काम भएको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्