बहुविवाह गर्न पाउने कानूनको मस्यौदाप्रति माओवादी सांसद राईको आपत्ति


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानूनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले आपत्ति जनाएकी हुन् । सरकारले हालै विषेश परिस्थितिमा बहुविवाह गर्न दिनेगरी कानूनी मस्यौदा तयार गरेको भन्दै समाचार बाहिरिएका थिए ।

विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ । सरकारले लैंगिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिनगेरी कानून निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

सांसद राईले बहुविवाह गर्न पाउने कानून आए महिला हिंसा बढ्ने र पुरुषहरू छाडा हुँदै जाने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गरिन् ।

उनले उक्त विधेयक मस्यौदाको निन्दा समेत गरिन् ।

Skip This