काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थीले एनजी (ननग्रेड) प्राप्त गरेका छन्।
गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षा जेठ २ गतेसम्म चलेको थियो।
बोर्डका अनुसार यो वर्ष ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए ।
प्रतिक्रिया दिनुहोस्