निर्माणाधिन खेलकुद पूर्वाधारको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै जिम्मा दिने तयारीमा सरकार


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्माणाधीन खेलकुद पूर्वाधार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौधरीले संघ सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सम्भव नहुने भन्दै पूर्वाधारको प्रकृतिअनुसार निर्माणाधीन खेल पूर्वाधारलाई सम्बन्धीत प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले पूर्वाधारहरूको मर्मतसम्भारको सम्भाव्यता मूल्याङ्कन गरेर सम्बन्धीत प्रदेशलाई हस्तान्तरण गरिने बताए । मन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि तीन तहको सरकारबिच सहकार्य र समन्वय जरुरी रहेको बताए ।

विधेयकमाथिको छलफलमा सहभागि सांसदहरुले खेलकुद क्षेत्रको विकासका लागि ग्रासरुटबाटै काम गर्नेगरी विधेयक ल्याउनुपर्ने धारणा राखेका छन् । 

Skip This