इयुले अमेरिकी सामानहरूमा ९३ अर्ब युरोको कर रोक्यो


काठमाडौँ । युरोपेली आयोगले औपचारिक रूपमा ९३ अर्ब युरो (लगभग १०८ अर्ब अमेरिकी डलर) बराबरको अमेरिकी आयातमा योजनावद्ध प्रतिशोधात्मक कर स्थगित गरेको छ । जुन लागू हुनुभन्दा केही दिन अघि मात्र रोकेको हो ।

आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले यो निर्णय आपतकालीन प्रक्रिया अन्तर्गत अपनाइएको हो । दुई हप्ताभित्र सदस्य राष्ट्रहरूको साधारण बहुमतबाट औपचारिक अनुमोदन आवश्यक पर्नेछ ।

करहरू अगस्ट ७ मा लागू हुने तालिका थियो । यो घोषणा हुनुभन्दा अगाडि, फ्रान्स र जर्मनी लगायत प्रमुख सदस्य राष्ट्रहरूबाट आलोचना बढ्दै गएको छ । सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकामा हुने धेरैजसो ईयू आयातमा १५ प्रतिशतको भन्सार शुल्क लाग्नेछ । एजेन्सी

जबकि ब्लकले थप अमेरिकी ऊर्जा उत्पादनहरू खरिद गर्ने र अमेरिकी बजारमा लगानी बढाउने प्रतिवद्धता गरेको छ ।