काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले नयाँ संसद भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताएका हुन् । तर सकरारले विगतका कमी, कमजोरीहरुलाई नियालेर सरकार गम्भीर बनेको बताए ।
उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियरदेखि महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए
“नयाँ संसद भवनको काम समयमै सकिएको छैन । यो तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । सत्य यही हो । तर मैले अघि पनि भनेँ मैले यसमा । काम समयमै सक्न मन्त्रालयदेखि, सम्बन्धित इन्जिनियर, डिजी साबहरूलाई के गर्दा राम्रो हुन्छ भन्नेकुरामा हामी लागि नै रहेका छौँ,”उनले भने ।
कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमी कमजोरी औंल्याइदिएपछि सुधारका लागि लाग्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्