किसानका लागि बनाएको योजना सरकारले संसदमा जानकारी गराओस्ः सांसद शर्मा


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले किसानका लागि सरकारले बनाएको योजना संसदलाई जानकारी गराउन माग गरेका छन्।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले किसान अहिले समस्यामा रहेको र उनीहरूले मल, बीउ, पानी नपाएको भन्दै सुख्खाग्रस्त क्षेत्रका किसानका लागि सरकारको योजना के छ ? भन्दै प्रश्न गरे। उनले आरोप लागेको सबै मन्त्रीहरूमाथि छानविन गर्न पनि माग गरे। 

“आरोपी सबै मन्त्रीहरूमाथि छानविनको माग गर्दछु । यसरी सार्वजनिक पद धारण गरेका सबै उच्चपदस्थ नेताहरुको सम्पती छानविन गर्न सक्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी सुशासनमाथि जनताको विश्वास दिलाउने काम गरोस् । किसान समस्यामा परेका छन्,” उनले भने ।

उनले सार्वजनिक पद धारण गरेका सबै उच्चपदस्थ नेताहरूको सम्पती छानविन गर्न सक्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गरे ।