प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्दै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्ने जनाइएको छ । प्रधानमन्त्री ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर फर्केका थिए ।