काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा.रमेश चौलागाईं नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चौलागाईं नियुक्त गर्ने निर्णय गरेको हो ।
प्राधिकरण अध्यक्ष तथा विज्ञ सदस्य नियुक्त सिफारिस समितिले चौलागाईसंँगै नारायणप्रसाद पौडेल र सहदेव बस्नेतलाई सिफारिस गरेको थियो ।
सरकारले सिफारिस समितिले पठाएका ३ मध्ये चौलागाईंलाई विज्ञ सदस्य नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्