काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरूको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताएका हन्। यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने बताए ।
“हल्लाहरू चल्ने गरेका छन्, जसको आधार छैन । एउटा विषय बहुतै सेन्सेटिभ भएर उठेको देखिन्छ । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउने भयो सरकारले भनेर । सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउँछ भन्ने ? कसरी भयो । हल्ला कसले चलायो । सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन,” उनले भने।
प्रधानमन्त्री ओलीले एकतावद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन लाग्नुपर्ने बेला रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्