काठमाडाैँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार लागिपरेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गर्दै सामुदायिक वन व्यवस्थापन, निजी वन प्रवद्र्धन, कबुलिटी वन व्यवस्थापन र गैरकाष्ठ वन पैदावारमा आधारित हरियाली रोजगार कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
उनले काठ प्रशोधनमा समेत निवी क्षेत्रको सहभागिता बढाउन सरकार क्रियाशील रहेको बताए । काठ र दाउराको उत्पादन बढाएर आन्तरिक आपूर्ति सुनिश्चित गर्ने तथा वन पैदावारको आपूर्ति र वितरण प्रक्रियालाई सहज बनाउन काठजन्य उत्पादनको विक्री–वितरणमा एकद्धार प्रणाली लागु गरिएको मन्त्री ठकुरीको भनाइ छ ।
मन्त्री ठकुरीको वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोण मात्र नभई रोजगार र आर्थिक अवसरसँग जोड्नुपर्ने आवश्यकताका आधारमा सरकारले कार्य अघि बढाएको बताए ।
प्रतिक्रिया दिनुहोस्