काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा प्रत्यके प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान गर्दै उनले हरेक श्रमीकको जिम्मेवारी सरकारको भएको बताएका हुन् । उनले श्रमिक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक स्वस्थ हुने जिकिर गरे ।
उनले सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा पनि जोड दिए । सरकार अहिले श्रम ऐन र विभिन्न टे«ड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा रहेको पनि बताए ।
“हरेक श्रमीकको जिम्मेवारी हाम्रो हो । त्यो श्रमीक स्वस्थ भयो भने प्रतिष्ठान पनि स्वस्थ हुन्छ । मुलुक स्वस्थ हुन्छ । हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ । तपाईंहरुको प्रतिष्ठानले उदाहरणीय काम गर्नुभएको छ । तपाईंहरुको प्रतिष्ठानको उदाहरण मन्त्रालयले अरु प्रतिष्ठानले पनि गर्नसक्छ भनेर उदाहरण दिनसक्छ,”उनले भने ।
मन्त्री भण्डारीले श्रमीकको हितलाई मध्यनजर गरी सबैको हित हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्