रवि लामिछाने नख्खु कारागार स्थानान्तरण


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गरिएको छ ।शनिवार लामिछानेलाई भैरहवा कारागारबाट नख्खु कारागारमा स्थानान्तरण गरिएको हो ।

शुक्रवारमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो । शनिवार उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिएको हो ।

उनलाई विमानस्थलबाट ल्याउने खबर पाएसँगै पार्टीका नेता, कार्यकर्ताहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र नख्खु कारागार बाहिर भेला भएका थिए ।

लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याइएको हो ।