काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबिच शिष्टाचार भेट भएको छ ।
आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिश्राबीच् शिष्टाचार भेट भएको हो ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्