काठमाडौँ । गत आर्थिक वर्षमा पनि अधिकांश वाणिज्य बैंकहरूको खराब कर्जा बढेको देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार अधिकांश वाणिज्य बैंकहरूको खराब कर्जा बढेको देखिएको हो ।
सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको रहेको छ भने सबैभन्दा कम एभरेष्ट बैंकको छ । हिमालयन बैंकको आर्थिक वर्ष २०८०/८१ मा ४.९८ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर ७.२८ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले २०८१ फागुनमा खराब कर्जाको सीमा संशोधन गरेको थियो । त्यसभन्दा अगाडी ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुँदा विभिन्न सेवा सुविधाहरू बैंकहरूले नपाउने भएपछि वित्तीय विवरणहरूमा ५ प्रतिशतभन्दा नै देखाउने गरेका थिए ।
राष्ट्र बैंकले खराब कर्जाको सीमा बढाएर ८ प्रतिशत पुर्याएपछि बैंकहरूले पनि बढी देखाउन लागेका हुन् । जसका कारण केही बैंकहरूकाे खराब कर्जा ५ प्रतिशतभन्दा बढी देखिएकाे छ ।
वाणिज्यहरू कर्जा असुली समस्यासँग जुधिरहेको समयमा राष्ट्र बैंकले यो व्यवस्था गरेको थियो ।
जसका कारण राष्ट्र बैंकबाट पाउने सुविधा नरोकियोस् भनेर ५ प्रतिशत भन्दा कम खराब कर्जा देखाइरहेका वाणिज्य बैंकहरूलाई खराब कर्जा देखाउनको लागि सहज भएको थियो । यसको फाइदा एन आई सी एशिया बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कर्मशियल बैंकलाई फाइदा भएको छ । यिनीहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको छ ।
राष्ट्र बैंकले असल कर्जाको कर्जा नोक्सानी व्यवस्था घटाएर १ प्रतिशत बनाएको थियो ।
साना ऋणीहरूको कर्जामा समस्या नदेखिने भनेर साना ऋणीहरूलाई आक्रामकरूपमा कर्जा प्रवाह गर्ने एन आई सी एशिया बैंकको अवस्था पनि गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण खराब देखाएको छ ।
एन आई सी एशिया बैंकको खराब कर्जा पनि बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा ३.४५ प्रतिशत रहेको एन आई सी एशिया बैंकको खराब कर्जा २०८१/८२ मा ६.२८ प्रतिशत पुगेको छ ।
२०८०/८१ मा ५.९५ प्रतिशत रहेको कुमारी बैंकको खराब कर्जा २०८१/८२ मा ६.४२ प्रतिशत पुगेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा बढेको छ । बैंकको खराब कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ ।
प्राइम कर्मशियल बैंकको खराब कर्जा २०८०/८१ मा ४.६५ प्रतिशत रहेको थियो भने २०८१/८२ मा ५.५६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ मा प्रभु बैंकको खराब कर्जा ४.९४ प्रतिशत थियो भने २०८१/८२ मा ४.९६ प्रतिशत पुगेको छ ।
सिटिजन्स बैंकको खराब कर्जा ४.१ प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा ४.१७ प्रतिशत रहेको ग्लोबल आइएमई बैंकको खराब कर्जा गत आर्थिक वर्षमा ४.८७ प्रतिशत पुगेको छ ।
नेपाल बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ भने नेपाल एसबिआई बैंकको खराब कर्जा १.९६ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३.४० प्रतिशत रहेको एनएमबी बैंकको खराब कर्जा गत आर्थिक वर्षमा ३.९६ प्रतिशत रहेको छ भने २०८०/८१ मा २.१७ प्रतिशत रहेको सिद्धार्थ बैंकको खराब कर्जा २०८१/८२ मा २.६२ प्रतिशत पुगेको छ । यस्तै सानिमा बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ ।
तर केही वाणिज्य बैंकहरू भने खराब कर्जा घटाउन सफल भएका छन् । नबिल बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे« बैंकको खराब कर्जा केही घटेको हो ।
नबिल बैंकको खराब कर्जा आर्थिक वर्ष २०८०/८१ मा ४.४५ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा ४.२७ प्रतिशतमा झरेको छ । स्ट्याण्डर्ड चार्टड बैंकको खराब कर्जा २.१४ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झरेको छ भने कृषि विकास बैंकको खराब आर्थिक वर्ष २०८०/८१ मा ३.९६ प्रतिशत रहेको खराब कर्जा २०८१/८२ मा ३.२६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ४.२८ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २०८१/८२ मा ३.५९ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा लक्ष्मी सनराइज बैंकको ४.६३ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा ४.२५ प्रतिशत रहेको छ भने आर्थिक वर्ष २०८०/८१ मा ३.८६ प्रतिशत रहेको माछापुच्छ«े बैंकको खराब कर्जा २०८१/८२ मा ३.८३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्