बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब रूपैयाँ बढी


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ११ ओछा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २१ करोड ७५ लाख २८ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा युनियम हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ ।

सम्पदा लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.८१ प्रतिशतले घटेको छ ।

कुल ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।