काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको बताए ।
जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको उनले टिप्पणी गरे । उनीहरुलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको उनकाे भनाइ छ । तर आगो सल्काउन मद्दत गर्नेहरुमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरु समाधान गर्नुपर्ने बताए । काँग्रेसले त्यसको तागत राख्ने पनि उनको भनाइ छ ।
महामन्त्री थाापले काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्र शुद्धिकरण, जागरण चाहिएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्