काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९६ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक हजार २०० रूपैयाँले घटेर एक लाख ९५ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर २ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्