काठमाडौँ । उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली काङ्ग्रेस र नेकपा एमालेका सांसदले हस्ताक्षर सङ्कलन गरेका छन् ।
रानालाई महाअभियोग लगाउन हस्ताक्षर सङ्कलन भएको हो । उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख भएकी हुन् ।
यसअघि पनि उनलाई हटाउने प्रयास भएको थियो । पछिल्लो समय संवैधानिक परिषद्मा नेपाली काङ्ग्रेसको प्रतिनिधित्व छैन ।
कांग्रेस र नेकपा एमाले दुबै दलले आफ्ना सांसदलाई सिंहदरबार बोलाएर हस्ताक्षर सङ्कलन सुरु गरेका हुन् ।
उपसभामुखलाई हटाउन महाअभियोग लगाउनु पर्छ । नेपालको संविधान २०७२ अनुसार पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट उपसभामुख पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्