५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमैरहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतबार ५० अर्ब निक्षेप संकलन गर्ने भएकाे छ । निक्षेप संकलनउपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २१ दिनकाे लागि निक्षेप खिच्न लागेको हो ।

अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलताखिच्दै आएको छ । बोलकबोलमा राष्ट्रबैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेपसंकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दरबोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलकोमाध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँतथा ब्याज  २०८२ भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।