काठमाडाैँ । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको ब्यापार गर्न सकेन । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।
साउनमा भारतसँग रू ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रू. १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रू६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ । यस्तै, चीनसँग रू. २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रू. पाँच करोड ४८ लाखको निर्यात गर्दा रू. २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ ।
युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोदै आएको छ । युएइबाट नेपालले रू. २० अर्ब ४० करोडको वस्तुआयात गर्दा रू. २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले रू. १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ ।
थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले रू. ११ अर्ब २२करोडको वस्तु आयात गरेकोमा रू. १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँगनेपालको वैदेशिक व्यापार रू. ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ ।
अजेन्टिनासँग रु. ९ अर्ब १२ करोड ९७ लाखबराबरको आयात र रु.२४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकैव्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्टे«लियासँग नेपालले रू. ६७ करोड २८ लाखकोआयात र रू. १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी रू. ५० करोड भन्दाबढिको बेहोर्नुपरेको छ ।
यस्तै, बंगलादेशसँग रू. ५३ करोड ५८ लाखबराबरको आयात र रू. सात करोड ५१ लाखको निर्यात गर्दा रू. ४६ करोड ७ लाख बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेतहुने गरेको छ ।
बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तुआयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा रू. एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । साउनमा रू. एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रू. २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ।
यो अवधिमा देशलाई रू. एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ प्रतिशत र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका,रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।
प्रतिक्रिया दिनुहोस्