समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन सक्दैनः गगन थापा


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताए । उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ ।

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरु पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने बताए ।  

महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्नेकुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए । मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको उनले उल्लेख गरे ।