सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९७ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३०० रूपैयाँले घटेर एक लाख ९७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले बढेर २ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको छ ।