प्रहरी वृत मालीगाउँको बैंकिङ कसुर सम्बन्धी सचेतनामुलक कार्यक्रम


काठमाडाैँ । प्रहरी वृत मालीगाउँको सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुलले बैंकिङ कसुर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । सोमबार प्रहरी सेवा केन्द्रले स्थानिय समुदायलाई अनलाईन अपराध, बैकिङ ठगी, बैकिङ कसुरसम्बन्धी कानुन लगायतका बारेमा जानकारी गराएको हो ।

प्रहरी वृत मालीगाउँका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जंग शाहले बैकिङ कसुरका अधिकांश मुद्दाहरु खाली चेकमा सही गरेका कारण भोग्नुपरेको बताएका छन् । उनले खाली चेकमा सही गरेर अरुलाई नदिन पनि आग्रह गरे । कानुनको अज्ञानता क्षम्य नहुने उनको भनाइ छ ।

उनले भने, “खाली चेकमा सही नगरौँ र सही गरेर खाली चेक कसैलाई नदिउँ । हाम्रोमा सबै आउने त्यही हो । सर मैले सही गरेको हो तर यत्रो रकम थिएन, उहाँले आफै हाल्दिनु भएछ । त्यो भनेर हुन्न फेरि कानुनमा । कानुनको अज्ञानता क्षम्य हुँदैन । मलाई कानुन थाहा थिएन भनेर क्षमा पाइन्न । यदी उ बालबालिका भयो भने पायो ।”

प्रहरीले आर्थिक कारोबार गर्दा सजग हुन आग्रह गरेको छ । सकेसम्म निशुल्क वाईफाई प्रयोग नगर्न, आफ्नो मोवाईल बैंकिङ एप अरुलाई चलाउन नदिन, नचलाउनु, ओटिटि अरुलाई सेयर नगर्न प्रहरीले आग्रह गरेको छ ।