काठमाडाैँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।
मनोनयनको लागि मंगलवार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।
संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको प्रश्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।
न्यौपानेको मात्र उम्मेदवारी परेकोले उहाँ समितिको सभापतिमा निर्विरोध चयन भएकी हुन् । बुधवार बस्ने राज्य व्यवस्था तथा सुशासनको बैठकमा उनी सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।
यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडा पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्