श्रीनगर एग्रोटेकद्वारा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुल्ला


काठमाडाैँ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ४ लाख ७३ हजार ६३ कित्ता आइपिओ बिक्री खुल्ला गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते श्रीनगरले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर रू. १०० अङ्कित दरका ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको १ प्रतिशत अर्थात रु. १०० अङ्कित दरका १ लाख ६३ हजार १२५ सय कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि छुटाइएको छ ।

यस्तै सर्वसाधारणका लागि छुट्टाइएको ३० लाख ९९ हजार ३७५ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अङ्कित दरका ३ लाख ९ हजार ९३८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

दोस्रोचरण अन्तर्गत आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।