आइपिओ निष्काशनको तयारीमा रहेकाे प्रभु केबलकार एन्ड टुरिजम लिमिटेडले गर्‍याे क्रेडिट रेटिङ्ग सम्झौता


काठमाडौँ । केबलकार प्रभु केबलकार एन्ड टुरिजम लिमिटेडले क्रेडिट रेटिङ्ग सम्झौता गरेको छ ।

आज एक कार्यक्रमबिच लिमिटेडले काठमाडौँको तीनकुनेमा रहेको कार्यालयमा क्रेडिट रेटिङ्गका लागि केयर रेटिङ्स नेपाल लिमिटेडसँग सम्झौता गरेको हो ।

सम्झौतामा प्रभु केबलकारको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहाल र केयर रेडिङ्स नेपाल लिमिटेडका तर्फबाट कम्पनी प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

आइपिओ निष्कासनका लागि आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गर्ने तयारी गरेको प्रभु केबलकारले क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो ।

सम्झौतासँगै अब प्रभु केबलकारले दुई महिना भित्र आफ्नो क्रेडिट रेटिङ्ग सम्पन्न गरि धितोपत्र बोर्डमा सार्वजनिक सेयर निष्कासनको लागी आवेदन दिने वरिष्ठ महाप्रबन्धक दाहालले जानकारी दिए ।

प्रभु केबलकारको लगानीमा एउटा केबलकार व्यवसायिक सञ्चालनमा आइसकेको छ भने थप दुईओटा केबलकार परियोजनाहरू अगाडी बढेका छन् ।

बुटवल स्थित भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोटगढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत २०८१ साल भाद्रदेखि व्यवसायिक सञ्चालनमा आइसकेको छ ।

प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड नै सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केबलकारले रुपन्देहीको बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोट जोड्छ ।

यस्तै प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदूर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।

प्रभु केबलकारको आइपिओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनी ऋण मुक्त कम्पनी रहेको वरिष्ठ महाप्रबन्धक दाहालकाे भनाइ छ ।

उनले आइपिओबाट आउने सम्पूर्ण रकम ईच्छाकामना केवलकार र बडीमालिका केवलकार निर्माण गर्न खर्च गर्ने तयारी गरेको जानकारी दिए ।

केबलकार प्रभु केवलकार एन्ड टुरिजम लिमिटेडमा प्रभु ग्रुप्स एन्ड कम्पनीज् अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एन्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस लिमिटेड लगायतका कम्पनीको मुख्य लगानी रहेको छ ।