१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी


काठमाडाैँ । शुक्रवार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विद्येययकलाई पारित गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीवार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूचि निर्धारण गर्न छलफल गरेका थिए ।

छलफलमा  शुक्रवारको बैठकमा भूमीसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूचि राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भूमीसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाकाअनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ ।

भदौ १७ गते राष्ट्रिय सभावाट सन्देशसहित संघिय निजामति विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी तयारी गरिएको बर्तौलाले जानकारी दिए । 

उनले भदौ महिनामा प्रतिनिधि सभाबाट संघियतासँग सम्बन्धित महत्वपूर्ण रहेका विधेयकहरु पारित हुने बताए ।