स्याङ्जा । जिल्ला स्याङ्जा प्रहरी कार्यालयले जिल्ला भित्र अवैध रूपमा नदिजन्य पदार्थ ओसार–पसार गर्ने दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसारआज बिहान करिब ११ः३० बजे भीरकोट नगरपालिका वडा नम्बर २ ठाडोलाईस्थित प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग.१ त. ७४०९ नम्बरको ट्याक्टरलाई स्टक प्रमाणित नभएको बालुवा ओसार–पसार गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। आवश्यक अनुसन्धान र कारबाहीका लागि उक्त ट्याक्टर भीरकाेट नगरपालिका कार्यालय पठाइएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले प्राप्त सूचनाका आधारमा वालिङ नगरपालिका वडा नम्बर ९ नाकेडाँडामा खटिएको विशेष टोलीले ग.१ त. ५७६९ नम्बरको ट्याक्टरलाई बालुवा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। यसलाई पनि आवश्यक अनुसन्धान र कारबाहीको लागि वालिङ नगरपालिका कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध नदिजन्य पदार्थ ओसार–पसार विरुद्ध थप कडाइ गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्