काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आजदेखि चक्रपथभित्र अश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले बिहान साढे ८ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो ।
कर्फ्यू बालकुमारी पुलदेखि कोटेश्वर चोक हुँदै सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमती नदीको पुलसम्म फैलिएको चक्रपथभित्र लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
हिजो भएको जेनजी प्रर्दशनका क्रममा १९ जनाभन्दा बढीको ज्यान गएको थियो भने सैयौँ घाइते भएका थिए । आज पनि विहानैदेखि प्रर्दशन हुन थालेपछि जिल्ला प्रशासन काठमाडौँले कफ्र्यू आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्