काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि चक्रपथभित्र अश्चितकालीन कर्फ्यू आदेश जारी गरे पनि युवाहरू संसद भवन अगाडि भेला भएर प्रर्दशन गरिरहेका छन् ।
सोमबारको प्रर्दशनमा १९ जनाभन्दा बढीको ज्यान गएको थियो । थप प्रर्दशन चर्कन सक्ने आँकलन सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहान साढे ८ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।
युवाहरूभने विहानैदेखि संसद भवन अगाडि भेला भएर प्रर्दशन सुरु गरेका छन् ।
हिजो प्रर्दशनका क्रममा संसद भवन अगाडि नै सबैभन्दा बढी मानवीय क्षति भएको छ ।
प्रशासनले आज बालकुमारी पुलदेखि कोटेश्वर चोक हुँदै सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमती नदीको पुलसम्म फैलिएको चक्रपथभित्र कफ्र्यू लागु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्