अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा


काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियुले विद्यार्थी राजनीतिको असफलतापछि अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

“हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन हो। विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेनन्। यसैले मैले अखिल केन्द्रीय समितिको अध्यक्ष पदबाट राजीनामा दिएको छु,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

कडरियाले थपे, “जनताको सेवामा निरन्तर लागिरहने छु। यतिवेला सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दवाउन खोजिरहेको छ, जसको नतिजा भयाभह हुनेछ। मेरो जीवनको आज सबैभन्दा कालो दिन हो।”

उनको राजीनामा र आलोचना विद्यार्थी राजनीतिको वर्तमान अवस्थाप्रति प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ।