काठमाडौँ । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराइका भूभागका एक–दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहि बाँकी भूभागमा आँशीक बदली रहने विभागको अनुमान छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।
अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्