काठमाडाैँ । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौँमा दीप प्रज्वलन गरेको छ ।
बुधवार अपरान्ह काठमाडौँको माइतीघर मण्डलामा महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली सभासहित दीप प्रज्वलन गरेको हो ।
गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेन–जीको आन्दोलनको क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्