काठमाडौं । नौं कारोबार दिनपछि खुलेको सेयर बजार एकैदिन दोस्रो पटक मार्केट हल्ट भएको छ । बिहीबार सेयरबजारमा पहिलो पटक कारोबार खुल्नासाथ नेप्से परिसूचक १०७.०४ अंक अर्थात ४ प्रतिशत घटेर कारोबार बन्द भएको थियो ।
पहिलो पटक कारोबार बन्द भएको २० मिनेटपछि खुलेको सेयर बजार केही समयमा नै १३३.६३ अंकले घटेर दोस्रो पटक मार्केट हल्ट भएको हो ।
पहिलो पटक कारोबार बन्द भएर २० मिनेटमा खुलेको थियो । दोस्रो पटक मार्केट हल्ट भएको ४० मिनेटपछि पुनः कारोबार खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस्