काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको अनुसार आज दिनभर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका अन्य पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । तराईका अधिकांश भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका अन्य भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने देखिएको छ। सोही प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्