काठमाडौँ । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेको थिए ।
छलफलपछि बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर १२ चक्के र सोभन्दाका भारबाहन गाडि सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने निर्णय गरेको घिसिङ्को सचिवालयले जनाएको छ ।
राजमार्गहरूको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले ठुला भारबाहन गाडी बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय गरेको हो । मन्त्रालयले खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनहरूलाई भने निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउने निर्णय गरेको छ ।
बुटवल–नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय समेत सरकारले गरेको छ ।
बुटवल–नारायाणगढ सडकको स्तरोन्नती नसकिदा यस वर्षको दसैंमा यातायात सहज सञ्चालनमा चुनाती देखिएको छ ।
दाउन्ने सडक खण्ड अन्तर्गत झण्डै १७ किलोमिटर क्षेत्रमा अहिले पनि यात्रुले समस्या भोगिरहेका छन् ।
पूर्वपश्चिम राजमार्गको यो सडकखण्डका कारण सरकारले आलोचना खेप्दै आएको छ । जेनजी विद्रोहपछि अन्तरिम सरकारको मन्त्री बनेका घिसिङलाई समेत बुटवल–नारायणघाट सडक अन्तर्गत दाउन्ने खण्ड चाडपर्वको बेला चुनौतिपूर्ण बन्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्