यस्ताे हुनेछ आजकाे माैसम


काठमाडौँ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने देखिएको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानिय वायुको आँशिक प्रभाव रहेको छ।