काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गर्दै सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै प्राधिकरणमा नयाँ नेतृत्व आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले सिलवाललाई जिम्मेवारी दिएको हो।
हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई जिम्मेवारी दिने निर्णयलाई ऊर्जा क्षेत्रका विज्ञहरूले प्राधिकरणको नीतिगत र व्यवस्थापकीय काममा नयाँ दिशा दिन सक्ने संकेतका रूपमा लिएको छन्।
प्रतिक्रिया दिनुहोस्