नेक्सजेन म्यानेजमेन्ट : सर्वसाधारणको लागि ३० प्रतिशत सेयर जारी गर्ने


काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आश्विन ३ गते होटल एलो पगोडामा अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सम्पन्न सभाले कम्पनीको उद्देश्य परिवर्तन गर्दै सर्वसाधारणमा सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले साधारण सभामा उपस्थित सेयरधनी र अतिथिलाई स्वागत गर्दै कम्पनीको उद्देश्य परिर्वतन र सर्वसाधारणमा सेयर जारी गर्नु पर्ने आवश्यकताबारे जानकारी दिएका थिए ।

त्यस्तै अध्यक्ष शाहले कम्पनीको विगत, वर्तमान अवस्था र भावी रणनीतिबारे प्रकाश पारेका थिए भने सञ्चालक अजय कुमार मिश्रले उद्योग–व्यवसायमा लगानीसँग जोडिएका जोखिम र समयानुकूल लगानीका फाइदाबारे प्रस्तुत गरेका थिए ।

सभाले आ.व. २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने तथा आ.व. २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै, जारी तथा चुक्ता पूँजी ५० करोड पुर्याउने क्रममा प्रिमियममा थप संस्थापक सेयर बिक्री गर्ने, ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने र सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरिएको लगानीलाई अनुमोदन गरेको छ ।