काठमाडाैँ । मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
निरन्तर ढुंगा खसिरहेकाले उपकरण परिचालन गरी पहिरो हटाउन कठिनाइ भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
गत शुक्रबार (असोज ३) गते साँझ पनि सोही खण्डमा पहिरो खस्दा आवागमन रोकिएको थियो। त्यसको झन्डै ४५ घण्टापछि मात्र सडक एकतर्फी सञ्चालनमा आएको थियो।
प्रतिक्रिया दिनुहोस्