स्याङ्जा । स्याङ्जा प्रहरीले अवैध रूपमा नदिजन्य पदार्थ ओसारपसारमा संलग्न एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले प्राप्त विशेष सूचनाको आधारमा पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोलामा ग १ त ६२४८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
मंगलबार करिब १० बजे उक्त ट्र्याक्टर गिट्टीजस्तो देखिने ग्राभेल अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्र्याक्टरसहितको मुद्दामा आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्