नेपालको निर्यात ८८ प्रतिशतले बढ्यो


काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको निर्यात ८८.५७ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन र भदौमा नेपालले ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।

नेपालको आयात १६.२३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रूपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।

नेपालको व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख ३६ हजार रूपैयाँ पुगेको छ । यो व्यापार घाटा ८.५९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रूपैयाँ रहेको थियो ।

यो अवधिमा नेपालले ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । नेपालको वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।